युनिसन ग्रुप अफ स्कुलद्वारा आईडल प्रतियोगिता सम्पन्न

संतोष रन्जितकार
वीरगंज, २७ पुस ।
युनिसन ग्रुप अफ स्कुलको आयोजनामा युनिसन आईडल कम्पिटिसन २०७६ सम्पन्न भएको छ । मनकामना स्कुलका प्रधानाध्यापक पुरन प्रधानको अध्यक्षतामा र वीरगंज महानगरपालिका वडा न.४ का वडाअध्यक्ष जगत प्रसाद साह कानुको प्रमुख आतिथ्य भएको सम्पन्न भएको थियो ।

सो कार्यक्रममा जजको भुमिकामा मार्टिन मोक्तान, पुनम सिंह, मन्जु शाक्य र फुर्वा शेर्पा रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई, फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल, समाजसेवी पशुपति बिक्रम शाह, उषा शाह, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, उपाध्यक्ष एवं पत्रकार महेशचन्द गौतम, वीरगंज युवा समाजका कमल चौगाई, प्रधानाध्यापक सुरज प्रधान लगायत शिक्षक, शिक्षिका र बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रम मनकामना स्कुलका सुनिल यादलले संचालन गर्नु भएको थियो ।