स्वतन्त्र मानव अधिकार समाजद्वारा २०५ कम्बल बितरण

3

संतोष रन्जितकार
वीरगंज, २७ पुस ।
स्वतन्त्र मानव अधिकार समाजले प्रदेश सभासद राजेश्वर साहको सहयोगमा कम्बल वितरण गरिएको छ । स्वतन्त्र मानव अधिकार समाजको आयोजना तथा प्रदेश सभासद राजेश्वर साहको संसदीय कोषबाट प्राप्त सहयोगले पर्सा जिल्लाको क्षेत्र नम्बर दुईको बडनिहार गाउँपालिकामा २०५ थान कम्बल र बिस्कुटहरु वितरण गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अजय कुमार चौरसियाले एक घरपरिवारलाई कम्बल वितरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । वहाँले यस्तो जाडोको समयमा आर्थिक अवस्था कमजोर भएका घरपरिवारहरुले जाडोको कारण विभिन्न किसिमको कष्टहरु भोग्ने गरेको हुंदा केही सहयोगको रुपमा कम्बल वितरण गरिएको बताउनु भएको थियो ।
स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी मुकेश सरावगी, राजपाका जिल्ला उपाध्यक्ष अनिरुद प्रसाद कलवार, समाजका उपसभापति नन्दि किशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुमारी कुशवाहा, पुर्व सह–कोषाध्यक्ष हरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सत्यनारायण क्याल, अशोक बैध, मुकेश सरावगी, सुनिल केडिया, कौशल धुका, अकित जालान, नितिन साह, प्रकाश कुमार गुप्ता, धिरज अग्रवाल लगायतका दाताहरुको सहयोग समेत रहेको महासचिव दिपक साहले जानकारी गराउनु भएको थियो ।