अवैध हुण्डीको रकम सहित भारतीय नागरिक पक्राउ

संतोष रन्जितकार
वीरगंज, २८ पुस ।
ईनर्वा प्रहरी चोकपोष्टका प्रहरीले अवैध हुण्डीको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भारतको रक्सौलबाट अबैध तरिकाले नेपाली रुपैया बीरगंजतर्फ आईरहेको सुचना पाएअनुसार राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले सो हुण्डीको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
बीरगंज महानगरपालिका रजत जयन्ती चौकमा खटिएको प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको बीआर ०५ भी ३४४४ स्पलेण्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा अवैध हुण्डीको ३ लाख नेपाली रुपैया सहित मोटरसाईकलमा सवार भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभएको थियो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी पुर्वी चम्पारण रक्सौल बस्ने जविउल्लाह आलम रहेका छन । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.