माघी मूल समारोह समितिद्वारा पत्रकार सम्मेलनको आयोजना

28

संतोष रन्जितकार
वीरगंज, २८ पुस ।
थारु समुदायले थारु सम्वत् २६४४ औं तथा खिचडी माघी पर्वको २०७६ को अवसरमा थारु (घिंचडी) माघी मूल समारोहको आयोजना गर्ने भएको छ ।
वीरगंज मूर्ली स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा माघी मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरी वीरगंज आदर्शनगर स्थित स्विमि· पुलमा समारोह आयोजना हुने आयोजक थारु (घिंचडी) माघी मूल समारोह समिति २०७६ ले जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै माघी मूल समारोह समितिकी संयोजक बिजया ओझैयाले विगतका बर्ष झै यस बर्ष फनि समारोह स्थल मै रक्तदान कार्यत्रम समेत हुने बताइन ।
आदीवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ बर्षको शुभकामना आदान–प्रदान, भाषा तथा सांस्कृतीको झलकका साथै माघी महोत्सव सभ्य र धुमधामसंग मनाउन कार्यक्रम गर्न लागिएको समितिकी संयोजक ओझैयाले जानकारी गराईन् । उनले यसका साथै राष्ट्रमा आदिवासी थारु समुदायको राजनैतिक, सांस्कृतिक, भाषिक, आर्थिक समानता, समाजिक एकवद्धता, राज्यको हरेका निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हक अधिकारको लागि पनि समारोह हुदै आएको बताईन ।
समारोह भन्दा पहिला थारु सांस्कृतिक दवावमुलक प्रभातफेरीको समेत आयोजना हुने छ । समारोहमा थारु सांस्कृती झलक घांटो, सामाचकेवा, थारु पूर्वी नाच आदी प्रस्तुत गरिने छ । यसका साथै समारोह स्थलमा घों·ी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ, तिल आदी थारु विशेष परिकारहरु राखिने छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मूल समारोह आर्थिक समितिका परमान्द चौधरी, प्रचार–प्रसार समितिका शम्भु महतो थारु, प्रकाश थारु, एन्जल चौधरी, नन्द किशोर पंजियार, सांस्कृतिक समितिका दिपेन्द्र चौधरी, मनोज चौधरी, पुनम चौधरी लगायतको उपस्थिती रहेको थियो ।