स्मार्ट किड्स वीरगंजद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

संतोष रन्जितकार
वीरगंज, २८ पुस ।
तराईमा केही दिन यता बढ्दै गएको जाडोको कारण विद्यार्थीहरुलाई स्कुल जान असहज वातावरण बनेकोले स्मार्ट किड्स वीरगंजको सहयोगमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ भतौडा गाउँमा रहेको श्री वनदेवी आधारभूत विद्यालयमा अध्ययनरत रहेका केही गरिब विद्यार्थीहरुलाई ४१ थान न्यानो ट्रयाकसुट वितरण गरिएको छ ।
वितरण कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत भुपेन्द्र यादव, जसपाल सिंह, वृजेश्वर प्रसाद चौधरी, प्रकाश थारु, लालबाबु सिंह, अर्जुन सिंह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा स्थानीय बुद्धिजिवी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.