ग्रीन सिटीद्वारा कम्बल वितरण

11

संतोष रन्जितकार
वीरगंज, २९ माघ ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरको आयोजनामा तथा रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटाले उपलब्ध गराएको ५० थान कम्बल ग्रीन सिटीले आदर्शनगरमा रहेका विपन्न वर्गका दलित गरिब ठेलाचालकहरुलाई मंगलबार वितरण गरेको थियो ।
सो कार्यक्रम ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला सहयक अधिकारी ललित कुमार बस्नेत रहनु भएको थियो । बढ्दै गएको जाडोबाट बच्न केही सहयोगको रुपमा विपन्न बर्गका ५० जना गरिब तथा ठेलाचालकहरुलाई कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक कमलराज पंडित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, आदर्शनगर प्रहरी चौकीका प्रनानी सुर्यनारायण चौधरी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, वुमेन्स क्रिएसनका नुतन सरावगी, कविता खेतान, गुडु साह, अफसना खातुन, श्वेता पटवारी, मनिषा अग्रवाल, ग्रीन सिटीका प्रहरी मिना कुमारी बडाल, बिजय यादव, ग्रीन सिटीका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमी र संचारकर्मीको उपस्थिती रहेको थियो ।
त्यसैगरी १८ पुसमा झएको कम्बल वितरण कार्यक्रममा १५ जना गरिब व्यत्तिहरुलाई कम्बल अपुग हुन गएको थियो । सो बांकी रहेको मानिसहरुलाई रुंगटा वेलफेयर सोसाइटीले उपलब्ध गराएको १५ थान कम्बल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको प्रतिनिधीले वितरण गरेको हो ।