थारु समुदायको नयाँ बर्ष २६४४ एवं माघी महोत्सव २०७६ धुमधामका साथ सम्पन्न

49

संतोष रन्जितकार
वीरगंज, १ माघ ।
माघी पर्वको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । बुधबार बिहानै थारु समुदायले प्रभातफेरी निकालेका हुन् । थारु पहिरन र सांस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो । माघीलाई थारु समुदायको विशेष पर्वको रुपमा लिइन्छ । माघी महोत्सव पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्म मनाउने गरिन्छ ।
त्यसैगरी समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि (खिचडी) महोत्सव २०७६ सम्पन्न भएको छ । माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा वीरगंजको आदर्शनगरस्थित स्विमि· पुलको प्रा·णमा कार्यक्रम सम्पन्न भएको हो । माघी मुल समारोह समिति पर्साको संयोजक एवं वीरगंज पाठशालाका निर्देशक श्रीमती बिजया ओझैयाको सभापतित्वमा र प्रमुख आतिथि श्री बिपिन बिहारी चौधरीले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
महोत्सवमा विभिन्न थारु संस्कृति झल्कने समा चकेवा, झम्टा, घाटो नाचहरु प्रस्तुत गरिएको थियो भने महोत्सवमा घो·ि, माछा, परेवा, केकरा, हास, सेल आदि फरिकारहरुको स्टल समेत राखिएको थियो ।
सोही महोत्सवमा रक्तदान कार्यत्रमको समेत आयोजना गरिएको थियो ।
त्यसैगरी नगवा टोलका डान्सर र बिरगंज पाठशालाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथिमा उच्च अदालत जनकपुर र अस्थायी ईजलास बिरगंजका माननिय न्यायाधीश सत्यमोहन जोशी थारु, २ नम्बर प्रदेश पर्साको बिधायक शंकर प्रसाद चौधरी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. कृपा सिंह चौधरी, पटेर्वा सुगौली गापा अध्यक्ष हरि नारायण चौधरी, उपाध्यक्ष ममता महतो थारु, गन्डक अस्पताल वीरगंजका संचालक रहबर अन्सारी, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामीछाने, फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, प्रकाश थारु, पर्सा जेसिसका फुर्व अध्यक्ष एवं रक्तदान कार्यत्रमका संयोजक शेखर चौधरी, पर्सा बार एशोशियसनका सुधिर कर्ण, अर्चना चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ पर्साका शम्भु महतो थारुले गर्नु भएको थियो भने कार्यक्रम संचालन दिपेन्द्र चौधरी र पुनम चौधरीले गर्नु भएको थियो ।