नेपाल कलवार कल्याण महासंघको तेस्रो महाधिवेशन वीरगंजमा गरिने

9

संतोष रन्जितकार
वीरगंज, २९ पुस ।
नेपाल कलवार कल्याण महासंघ काठमाडौंको तेस्रो महाधिवेशन वीरगंज हुने भएको छ । कलवार कल्याण समिती वीरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारी भइसकेको जानकारी गराएका थिए । यस महाअधिवेसनमा २३ जिल्लाका ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहने समेत समितिले जानकारी गराएको थियो ।
उदघाटन कार्यक्रमको प्रमुख अतिथिमा छिमेकी भारतका भाजपा बिहारको प्रदेश अध्यक्ष तथा लोकसभा सदस्य माननिय डा. सन्जय कुमार जैसवाल आउने र कार्यक्रमको खर्च कुल चार लाख देखि साढे चार लाख हुने छ । प्रत्येक जिल्ला बाट आउनु हुने प्रतिनिधिबाट एक हजार र प्रवेक्षक बाट पाच सय शुल्क लिने र बांकीको आफु सदस्यहरुबाट मिलाएर खर्च गर्ने समेत पत्रकार सम्मेलनमा जनाइएको थियो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता, केन्द्रिय सदस्य हरिकृष्ण जैसवाल, युवा केन्द्रिय सदस्य एवं तयारी समितीको संयोजक मनोज गुप्ता, वीरगंजका अध्यक्ष प्रभु प्रसाद गुप्ताको सहभागिता रहेको थियो ।