राष्ट्रिय योग दिवसको अवसरमा ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजद्वारा योग गोष्ठी

0

वीरगंज, १ माघ ।
नेपाल सरकारद्वारा घोषित पाचौँ राष्टिूय योग दिवस तथा मकर संक्रान्तीपर्वको अवसर पारेर ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले योग सम्बन्धि विचार गोष्ठी तथा माघे संक्रान्ति शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंजको बिर्तास्थित ओम्शान्ति भवनमा बुधबार आयोजित योग गोष्ठी ब्रहृमाकुमारी रविनादिदीको सभापतित्वमा सम्पन्न भएको थियो भने गोष्ठीको प्रमुख अतिथि नेत्र ज्योति संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा नेपाल रेडक्रस सोसायटीका पूर्व अध्यक्ष श्याम पोखरेल रहनु भएको थियो ।
सो अवसरमा ब्रहृमाकुमारी रविनादिदीले योगको महत्वको बारेमा विशेष चर्चा गर्नुभएको थियो । उहाँले जसरी सम्पूर्ण शारीरिक स्वास्थ्यका लागि व्यायाम, आसन, प्राणायामको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ, त्यसैगरी सम्पूर्ण सामाजिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य र सुखद जिवनयापनका लागि स्वयं इश्वर पिताद्वारा प्रतिपादित राजयोगको अति नै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भएको थियो । साथै उहाँले मकर संक्रान्तिको शुभकामना दिदै घिउ, चाकु खाएर मुखलाई मिठो बनाउनुका साथै योगको अभ्यासद्वारा सबैसंग मिठो व्यवहार गरी मिठो सम्बन्धको विकास गर्नमा पनि जोड दिनु भयो ।
त्यसैगरी मुख्य अतिथि पोखरेलले ब्रहृमाकुमारीहरुद्वारा सिकाइने आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासबाट धेरैको जीवनमा ठूलो सकारात्मक परिवर्तन आएको स्वयंले अनुभव गरेको बताउनुहुँदै आफुहरु भौतिक आँखाबाट संसार देखाइदिने सेवामा लागेजस्तै ब्रहृमाकुमारी संस्था मानवलाई सद्विवेकको आँखा प्रदान गर्ने अति पवित्र र महान सेवामा अग्रसर रहेको स्पष्ट पार्नुझयो ।
कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. संयुत्ता साह, पिरामिड कलेजका डाइरेक्टर विजय यादव, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष अजित भुजेल, ब्रहृमाकुमार जितेन्द्र लगायत सयौंका संख्यामा राजयोगी साधक साधिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय योग दिवसका बारेमा ब्रहृमाकुमार गोकुल गुभाजूले प्रकास पारेका थिए भने स्वागत मन्तव्य ब्र.कु. गोपिनी र कार्यक्रम सञ्चालन ब्रहृमाकुमार गोवर्धन चौधरीले गरेका थिए ।