सरोकार मंचद्वारा नव आगान्तुक गणपतिको स्वागत

0

वीरगंज, १ माघ ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले श्री चण्डी प्रसाद गणका नव आगान्तुक गणपति प्रमुख (कर्नेल) मदन जंग राणाको स्वागत तथा बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सरोकार मंच नेपालका नारायणी संयोजक नन्दकिशोर गोयलले नव आगन्तुक गणपति राणलाई फुलको गुच्छा दिएर स्वागत गर्नु भएको हो । स्वागत गर्दै गोयलले बिशेष भेटघाटको क्रममा नव आगान्तुक गणपति राणाको केही बिशेष कुराहरुमा ध्यानाकर्षण समेत गराउनु भएको थियो । स्वागतका लागि पुगेका मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, नगर अध्यक्ष उपेन्द्र बरै, प्रेस संयोजक प्रणय कुमारले नव आगान्तुक गणपति राणालाई बिभिन्न कुराहरुमा ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी पूर्व डिआईजी रमेश प्रसाद खरेलसंग पनि सरोकार मंचले बिशेष भेटघाट गरेको छ । बिशेष भेटघाटको क्रममा देशको समसामयिक बिषयमा खरेलसंग बिशेष छलफल समेत गरिएको थियो ।