ट्रैक्टरको टेलरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु

संतोष रन्जितकार
वीरगंज, २ माघ ।
वीरगंज कलैया सडकखण्ड अन्तर्गत बाराको मोतिसर चौकमा बिहीबार ट्रैक्टरको टेलरमा मोटरसाइकल ठोकिँदा एक युवकको ज्यान गएको छ । पल्टिएको ट्याक्टरको टेलरमा मोटरसाइक ठोकिंदा वीरगन्ज २४ रामगढवाका ३५ वर्षीया धुरेन्द्र गिरीको ज्यान गएको हो ।
ना १५ प ५७४३ नम्बरको मोटरसाइकलमा सवार गिरी विहान करिब साढे पाँच बजेको समयमा वीरगन्जतर्फ आइरहेको बेला मोतिसर चौक नजिकै मेनरोडमा पल्टिएको उखु लोड गरिएको ट्याक्टरको टेलरमा ठोक्किएर घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
उनको शव परीक्षणको लागि कलैया अस्पतालमा लागिएको थियो । बीच बाटोमा ट्याक्टर पल्टिदा टेलरलाई व्यवस्थित तरिकाले नराखेका कारण दुर्घटना भएको स्थानीयबासीको भनाइ छ । टेलरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए । उनले टेलरमा नम्बर नभएका कारण त्यसको धनीको पहिचान हुन नसकेको बताए ।

Get real time updates directly on you device, subscribe now.