सिमरामा ग्याँस बुलेट लिकेज, स्थानीयहरु त्रासित

संतोष रन्जितकार
वीरगंज, २ माघ ।
भारतको बरौनीबाट वीरगंज भन्सार हुंदै सिमरा पुगेको ग्याँसको बुलेट लिकेज भएको छ । बिहिबार बेलुका करिब ७ बजेको समयमा सिमरा सुर्य नेपालको गेट नजिक पुग्दा सो ग्याँसले भरिएको बुलेट लिकेज हुन पुगेको हो । एनएल ०१ के ५८९५ नम्बरको बुलेट अचानक लिकेज भएपछि सिमरा बजार क्षेत्रमा रहेका कलकारखाना तथा उद्योगहरुलाई बन्द गरिएको थियो भने सिमरा क्षेत्रमा विद्युतको लाइन समेत काटिएको थियो ।
सो बुलेट लिकेज भएको खबर फैलिएपछि मानिसहरु त्रासित भएर भागाभाग भएका थिए भने व्यापक रुपमा प्रहरी परिचालन समेत गरीएको थियो । बुलेटको लिकेजलाई सम्बन्धीत निकायले रोक्ने प्रयास गरेतापनि असफल भएपछि नजिक रहेको अम्बर ग्याँस फिलि· प्लान्टमा लगेर सो बुलेट खाली गराउने प्रयास जारी रहेको छ । बुलेटलाई अम्बर ग्याँसमा लगेपछि अवस्था सामान्य बनेको थियो तथा विद्युत प्रसारण समेत सुचारु गरिएको सिमरा इलाका प्रहरी कार्यालयले जनाएको थियो । सो बुलेट के कारणले गर्दा लिकेज हुन पुगेको हो भनी सोको बारेमा अनुसन्धान गरिने अमलेखगंज आयल निगमका अधिकृतले बताउनु भयो ।

Get real time updates directly on you device, subscribe now.