तराई हास्पिटलद्वारा विशेष छुटका साथ एकै ठाउँमा सबै सेवा प्रदान गरिने

37

संतोष रन्जितकार
वीरगंज, ३ माघ ।
तराई हास्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. वीरगंजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बिरगंजमा पहिलो पटक तराई हस्पिटलले एकै ठाउमा सबै किसिमका सेवा प्रदान गरिने बताएको छ । यस हस्पिटलमा १६ किसिमका सेवा डाक्टरहरुले एकै हस्पिटलबाट एकै दिनमा सबै सेवा दिने व्यवस्था रहेको र यसले पैसाको साथ–साथ समय पनि बचत हुने हुंदा कसैको अकालमा मृत्यु हुनबाट बच्च धेरै मदत पुग्ने हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन कुर्मीले बताए । यस हस्पिटलमा चौबीसै घन्टा ईमेर्ज्न्सेि सेवामा डा. जमिल अख्तर, डा. बिकाश, डा. प्रयास, डा. सरोज, डा. सुशान्त, ईन्टरनल मेडिसिन सेवामा डा. रोशन कुर्मी, डा. राजु कुशवाहा, जेनेरल र ल्याप्रोसकोपी सर्जरी सेवामा डा. उमेश यादव र गोरखनाथ मिश्रा, न्युरो सर्जरी सेवामा बिक्रमआदित्य र परमानन्द साह, ग्याईनोलोजी तर्फ डा. तरनुम खातुन र डा. रुबिना गुरुङ, पेडाईट्रिस र नेओनाटोलोजी सेवामा अतिन्द्रा मिश्रा र सरोज साह, अर्थोपेडिकस र टर्मा सेवामा डा. श्यामबाबु साह, आईसियु र एनेस्थिसिया सेवामा डा. रामपुकार साह, फिसिथाईटेरी सेवामा डा.अनुप किशोर गुप्ता, ईन्ट सेवामा डा. कमालुदिन रैन, डेन्टल सेवामा डा. सरोज देव, रेडिलोजी सेवामा डा. मुजिबुर रहमान र डा. बेद प्रकाश गिरि, डा. बन्दना मोर्या, फिजियोथेरापीस्ट सेवामा डा. नसिम अख्तर, प्याथलोजिस्ट र ल्याब सर्भिस सेवामा डा. आनन्द चौरसिया र बिपिन चौरसिया, ओपहाल्मोलोजिस्ट सेवामा डा. हरि शर्मा र डेर्माटोलोजिस्ट सेवामा डा. रुपा ठाकुरले सेवा प्रदान गर्नु हुने हस्पिटलले सम्मेलनमा जनाएको थियो । त्यसैगरी २४ औं घन्टा औषधी बजार रेटमा उपलब्ध हुने र आवश्यक परे गरिब र असहायहरुको लागी विशेष छुट पनि गर्ने गरेको बताए । त्यस्तै पत्रकारहरुको लागी तराई हस्पिटलले डाक्टरले चेक निःशुल्क गर्ने र अन्य चेकजाँच गर्नु परेको खण्डमा विशेष छुटको पनि व्यवस्था गरेको हस्पिटलका डा. रोशन कुर्मीले जानकारी गराए ।