मोबाईल तथा गहना चोरी गर्ने ४ जना पक्राउ

33

बारा ३ माघ ।
बारामा चोरीको मोबाइल तथा गरगहनाहरु सहित २२ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेका २२ जना मध्ये १८ जनालाई सोधपुछ पछि रिहा गरिएको तथा ४ जनालाई म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो ।
बिहिवार बिहान इलाका प्रहरी कार्यालय कवहीगोठ बारा तथा सशस्त्र प्रहरी बल बिओपी कवहीगोठ बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा सुवर्ण गाउँपालिकाका वडा नं. ३ संतगंज स्थित सडकमा गढीमाई मेलाबाट फर्किदै गरेको सवारी साधन चेकजाँचको क्रममा बीआर २४ पी १९५८ नम्बरको बलेरो पिकप गाडीको हुडमाथी लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनिको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने सुनको सानो– सानो फुली तथा रिङ समेत फेला परे पछि गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
म्याद थप भएकाहरुमा भारत बिहार राज्य छपरा जिल्ला ग्राम मठिया वडा नं.९ निवासी जितेन्द्र तिवारी, गिता देवी, आकाश कुमार साह र गोलु तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।