सानाकिसान कृषि सहकारी संस्थाको भवनमा चट्याङ खस्दा ३ लाख बराबरको क्षति

26

मनोज साह
जितपुर, ३ माघ ।
शुक्रबार बिहानदेखि लगातार फरेको वर्षाका कारण स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । सोही क्रममा शुत्रबार दिउँसोको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १२ मा रहेको साना किसान कृषि सहकारी संस्था फत्तेपुरको भवनमा चट्याङ खसेको छ । सो सहकारी संस्थाको कार्यालयको इन्टरनेटको टावरमा चट्याङ खसेको थियो । सो चट्याङले कार्यालयको विद्युतीय सामानहरु पूर्ण रुपले क्षती हुनुको साथै टावरमा २ लाख ४५ हजार बराबरको क्षति हुन पुगेको कार्यालयका प्रमुख मन्दिप दुवाडीले बताए ।
चटया·ले कार्यालयको भवनको मथिल्लो तल्लामा ३ वटा कम्प्युटर, १ लेपटप, ईन्टरनेट डिभाइस र बिधुतका तारहरु जलेर नष्ट भएको थियो भने मानवीय क्षति नभएको प्रमुख दुवाडिले जानकारी दिएका थिए ।