ब्रहृमाबाबाले विश्वमा शान्ति कायम गर्न दिनुभएको बलिदानीबाट सबैले प्रेरणा ग्रहण गर्नुपर्ने ः प्रदेश सभासद चौधरी

13

संतोष रन्जितकार
वीरगंज, ४ माघ ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजले शनिबार ब्रहृमाकुमारी ईश्वरीय विश्व विद्यालयका संस्थापक श्री प्रजापिता ब्रहृमाबाबाको ५१ औं पुण्य स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली समारोह तथा ३२ दिवसीय अखण्ड योग साधना तपस्या कार्यक्रमको समापन गरेको छ । सो समापन कार्यक्रम ब्रहृमाकुमारी रबिना दिदीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीले प्रजापिता ब्रहृमाबाबाको तस्वीरमा माल्यार्पण गर्दै प्रजापिता ब्रहृमाबाबाले विश्वमा शान्ति र भाईचाराको स्थापनाको लागि गर्नुभएको त्याग र बलिदानीबाट सबैले प्रेरणा ग्रहण गर्नुपर्ने बताउनु भएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सभासद प्रहृलाद गिरीले जसरी ब्रहृमाबाबाले एक साधारण गृहस्थ मानव भएर पनि आध्यात्मिकतालाई र योगलाई अपनाएर आज सारा संसारको लागि आदर्श र अमर व्यक्तित्व बन्नु भयो त्यसरी नै हामीले पनि उहाँको पदचिन्हलाई अनुसरण गर्दै सदाचारको सत्य पथमा अग्रसर हुनुपर्नेमा जोड दिनु झयो ।
कार्यक्रममा रेडत्रस सोसाइटी पर्साका उपसभापति श्रीमती मधु राणा, समाजसेवी उषा शाह, संचारकर्मी महेशचन्द्र गौतम, आर के पटेल, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अध्यक्ष अजित कुमार भुजेल, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का, तुलसी भण्डारी, अखिलेश साह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दिन ठकुराइ, डा. शोभेन्द्र लाल कर्ण लगायत राजयोगी साधक तथा साधिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।