महानगरले झुन्डयाएको विज्ञापन बोर्डहरु ग्रीनसिटीद्वारा हटाउन शुरु

8

संतोष रन्जितकार
वीरगंज ४ माघ ।
वीरगंजको विभिन्न स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मर पोलहरुमा महानगरले झुन्डयाएको विज्ञापन बोर्डहरु शनिबार ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको पहलमा हटाईएको छ ।
नेपाल भ्रमण वर्ष २०२० प्रवेश गरेपछि देशको विभिन्न स्थानहरुमा पर्यटकहरुलाई स्वागत गर्नको लागि विभिन्न किसिमका सजावट गरिरहेको समयमा महानगरले झुन्डयाएको विज्ञापन बोर्डहरुले वीरगंज महानगर कुरुप देखिएको जनगुनासो आएपछि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले सो बोर्डहरु हटाउन सुरु गरेको हो ।
वीरगंज महानगरपालिकाले करौडो कमिशनको खेलमा ठेकाप्रथाको कारण ठेकेदारले विद्युतको पोलमा जहाँतहा बोर्ड लगाउदै राम्रो वीरगंज हाम्रो वीरगंजलाई कुरुप पार्दै आएको स्थानीयहरुको भनाइ रहेको छ ।
वीरगन्ज ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले यो बोर्डहरुलाई तीन दिन भित्र हटाउन रेडियोमा सूचना समेत सम्प्रेषण भईरहेको थियो र तीन दिन भित्र सो बोर्डहरु नहटाएको कारण ग्रिनसिटीले प्रहरीको सहयोगमा सो बोर्डहरुलाई हटाउने काम सुरु गरेको ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए ।