वीरगंज युवा समाजद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

19

संतोष रन्जितकार
वीरगंज, ४ माघ ।
वीरगंज युवा समाजको आयोजनामा शनिबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वीरगंजस्थित अन्नपुर्णा होटेलमा आयोजना भएको भिजिट नेपाल २०२० मा हाम्रो भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा वीरगंजका १० वटा विद्यालयका २० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी रहनु भएको थियो । कार्यक्रममा लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचन्द्र गौतम, अभिभावक संघ नेपाल पर्साका अध्यक्ष अमर गौतम तथा त्रिजुद्ध माविकी पुर्व सहप्राध्यापिका अंजली श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा मुनलाईट माविका सुधान्शु महतो प्रथम भएका थिए भने मनकामना माविका राज अर्याल दोस्रो, गौतम माविकी ओजश्वी अधिकारी तेस्रो, मैस्कट माविका सुशिल कुमार राउत चौथो र कञ्चनजंघा माविका सिद्धार्थ गुभाजुले पाँचौ स्थान हासिल गरेका थिए । विजयी भएका विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा भिजिट नेपाल २०२० का पर्सा संयोजक विनोद चौधरी, होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का सचिव तबरेज आलम, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राई, भोलेन्टियर वीरगञ्जका संयोजक राजन श्रीवास्तव, मानवसेवा आश्रम वीरगञ्ज संयोजक देवेश मानवसेवा लगायतको उपस्थिती रहेको थियो ।
समाजका सचिव हेमन्त तामांगले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सहजीरहण विवेक कर्णले गरेका थिए ।