मधेशी स्वास्थ्यकर्मी फोरमद्वारा अस्पतालमा फलफुल वितरण

19

संतोष रन्जितकार
वीरगंज, ५ माघ ।
बलिदानी दिवसको अवसरमा आइतबार नारायणी अस्पतालमा एक कार्यक्रमको विच फलफुल वितरण गरीएको छ । मधेशी स्वास्थ्यकर्मी फोरमको आयोजनामा अस्पतालका विभिन्न वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले केन्द्र सरकारको मधेश प्रतिको हेराई नराम्रो भएको बताएका थिए । केन्द्र सरकारको मधेश प्रतिको नराम्रो हेराईका कारण मधेशको विकास हुन नसकेको उनको भनाई थियो । स्वास्थ्यकर्मी फोरमका केन्द्रिय अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी फोरम प्रदेश २ का अध्यक्ष शिवशंकर यादव, मुख्य सचिव राजेश रौनियार, जिल्ला सचिव शत्रुधन यादव, कोषाध्यक्ष रमेश कुमार मेहता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मधेश आन्दोलनमा सहिद भएकाहरुको तस्बिरमा माल्यार्पण गरी श्रद्धान्जली अर्पण समेत गरिएको थियो ।