राष्ट्रिय दलित पत्रकार संघ पर्साको जिल्ला कार्यसमिति गठन

27

संतोष रन्जितकार
वीरगंज, ५ माघ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन भएको छ । लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्य्दाित पत्रकारिता हाम्रा आवाजँ भन्ने मुल नाराका साथ आइतबार वीरगंजमा भएको दलित पत्रकारहरुको भेलाले उक्त समिति गठन गरेको हो ।
वीरगंजका अगुवा दलित पत्रकार वृजलाल पासवानको बिशेष उपस्थितीमा भएको भेलाले श्याम पासवानको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको थियो । जसको उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्य नारायण विक, कोषाध्यक्षमा निषा कुमारी पासवान, सदस्यहरुमा सुभाष राम, शुसिल हजरा, इशक कुमार पासवान, रामबाबु राम महरा र संगिता दास रहेका छन् ।
यस्तै राष्ट्रिय दलित पत्रकार संघ पर्साको २ सदस्यीय सलाहकार समिति पनि गठन गरिएको छ । सलाहकार समितिमा बृजलाल पासवान र विनोद परियार रहेका छन । दलित पत्रकारको समिति गठन भएपश्चात दलितका मुद्दा तथा हक अधिकारका बिषय समाजमा खुलेर आउने र दलित समुदायको बृद्धि र बिकासमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।