होटेलभित्र यौनधन्धा भइरहेको खुलासा, प्रहरीद्वारा छापामारी

38

संतोष रन्जितकार
वीरगंज, ५ माघ ।
वीरगंजको बसपार्क देखि प्रतिमा चौक सम्मको होटेल भित्र यौन धन्दा हुने गरेको खुलासा भएको छ । बसपार्कमा सञ्चालनमा रहेका विभिन्न होटेल तथा पसलले यौन धन्धा गराईरहेको सुचनाको आधारमा प्रहरीले छापा हान्दा बसपार्क स्थित यौन धन्धा चलाउने होटेल बाट १५ महिला र ४ पुरुष सहित १९ जनालाइ पक्राउ गरेको र छापामारी भईरहेको जानकारी पाउने साथ अरु होटेलका यौन धन्धामा लागेका व्यक्तिहरु फरार भएका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले बताए ।
पक्राउ पर्ने यौन धन्धा कर्मी हुन कि सेवाग्राही बारे अनुसन्धान भईरहेको प्रहरी निरिक्षक साहले जनाए । होटलमा पहिला देखि नै खुला रुपमै यौनधन्दा हुने गरेको स्थानीयले गुनासो गरेपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साह, कलिम असंरी, समीर अंसारी लगायत स्थानीय भद्रभलादमीहरुको उपस्तिथि रहेको थियो ।