अवैध लागुऔषध सहित टयाङ्कर चालक पक्राउ

6

बारा, ७ माघ ।
ईलाका प्रहरी कार्यालय सिमरा तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजले अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा तथा अमलेखगंजबाट खटेको प्रहरी टोलीले विशेष सुराकीको आधारमा बाराको जितपुरसिमरा उप महानगरपालिका वडा न. २१ स्थित अमलेखगंज नेपाल आयल निगम अगाडी रोकी राखेको ना.४ ख.५५९० नम्बरको ट्याङकर गाडीमा चेकजाँच गर्ने क्रममा गाडीको तेलहरू निकाल्ने दाहिने पट्टीको गेटभल भित्र प्लाष्टिकमा हाली लुकाई छिपाई राखेको लागु औषध अनरेक्स १० बोतल फेला पारी सो ट्याङ्करका चालक जिल्ला मकवानपुर हटौडा उप–महानगरपालिका वडा नं. ५ बस्ने बर्ष ३३ को राजिव बम्जनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका बम्जनलाई लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको थियो ।