असई बनाइदिने भनी रकम लिएको आरोपमा बैठा प्रहरीको नियन्त्रणमा

11

संतोष रन्जितकार
वीरगंज, ६ माघ ।
ठगि मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठालाई प्रहरी पक्राउ गरेको छ । नेपाल प्रहरीको असई बनाईदिनको लागि रु ७ लाख घुस लिएको आरोपमा बैठालाई प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
उनले भने २०७२ साल मै रौतहटको मौलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागिर लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएको आरोपमा २ महिना पहिला नै मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बैठालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राठौरले जानकारी दिए ।
प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए । जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भइसकेका छन् । जुन मुद्दाका प्रमुख अभियुक्त मानिएका पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी बैठा सोमबार आफै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएको प्रहरी उपरिक्षक राठौरले बताए ।