महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गापा सचिव पक्राउ

10

संतोष रन्जितकार
वीरगंज, ७ माघ ।
महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको देवाताल गाउँपालिकाका सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाताल गाउँपालिकामा गाउँपालिकाका वडा नम्बर ६ रौवाही टोल बस्ने ४५ वर्षीय बलिराम मण्डल रहेका हुन् ।
पक्राउ परेका मण्डलले गत आईतबार दिउसो २ बजेको समयमा आफनो घरबाट गोठघरतर्फ जाने क्रममा ३२ वर्षीय महिलालाई ज्यान मार्ने धम्की देखाई उखुबारी भित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा मण्डललाई आफनै गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
पक्राउ परेका मण्डल उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको मिश्रले बताए ।