पालिका स्तरीय एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

12

संतोष रन्जितकार
वीरगंज, ८ माघ ।
बालबिवाह सम्बन्धी परियोजना पालिका स्तरीय एक दिने अभिमुखिकरण गोष्ठी बुधबार जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ । लाईफ नेपालको सहजिकरण तथा युनिसेफ नेपालको सहकार्यमा प्रदेश नम्बर २ मा पहिलो पटक पालिका स्तरीय गोष्ठी सम्पन्न भएको हो । बिन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीको अध्यक्षतामा अभिमुखिकरण समपन्न भएको गोष्ठीमा बालबिवाहलाई रोकथाम गर्न सहभागीहरुले आ–आफ्नो क्षेत्रमा बालविवाह हुन नदिने प्रतिबद्धता जनाएका थिए । सहभागीहरुले रोकथाम गर्न किशोर किशोरीहरुलाई मोबाइल मार्फत एस.एम.एस प्रविधिद्वारा एकआपसमा समन्वय र सहकार्य गर्दै सरोकारवालहरु सँग अभिमुखिकरण गरेर सचेत गराउने समेत उनीहरुले बताएका थिए ।
गोष्ठीमा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार, महेश प्रसाद सिह, पकाहामैनपुरका स्वास्थ्य शाखा अधिकृत रमेशराज थिङ, जयप्रकाश यादव, नेपाल पत्रकार महासघ पर्सा शाखाका कार्य समिति सदस्य सन्जीव मिश्रा, समाजिक शिक्षा महासचिव रामप्रवेश साह, जिल्ला समन्वय समितिका सुरेश राम लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।