सशस्त्र प्रहरीद्वारा अवैध लागुऔषध गांजा बरामद

7

चिरञ्जीवी यादव
वीरगंज, ८ माघ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट अवैध लागुऔषध गांजा बरामद गरेको छ । सो टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाबाट रातीको समयमा चेकजाँच गर्ने बेलामा एक पोका अन्दाजी ८ किलो ४०० ग्राम लागू औसध गांजा पक्राउ गरेको हो । गांजा तस्करहरुले सशस्त्र प्रहरी गस्ती टोलीलाई देख्ने बित्तिकै आफुले लिएको गांजा बचाउनको लागि तस्करहरुले १ राउन्ड गोली फायरिङ गरेको थियो भने सशस्त्र प्रहरीले पनि ३ राउन्ड फायरिङ गरेको थियो । प्रहरीको फायरिङ पछी गाजा तस्करहरु गाजा छोडेर भागेको सशस्त्र प्रहरी १३ नम्बर गण पर्साले जानकारी दिएको हो । पक्राउ गरिएको अबैध लागूऔषध गाजालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, पोखरियामा बुझाउने तैयारी भईरहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक निरन्जन न्याजुले जानकारी दिनुभएको थियो । मंसिर, पौष र माघ महिनामा चर्को हुसो लाग्ने भएकोले तस्करहरु मौका छोपी गांजा, पावडर, चरेस, अफिम र काठको पनि व्यापक रुपमा तस्करी गरिरहेको र प्रहरीहरु मुखदर्शक भै तस्करी रोक्नप्रती केही चासो नै नरहेको स्थानियबासीहरुको गुनासो रहेको छ ।