सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई

23

संतोष रन्जितकार
वीरगंज, ८ माघ ।
सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार १४ नम्बर गुल्म हेडक्वाटर राजस्व तथा भन्सार गस्ती सुरक्षाले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी नेपाल १९ औं बर्षमा प्रबेश गरेको सुखद अबसर पारी सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म राजश्व तथा भन्सार गस्ति सुरक्षा वीरगन्जको मुख्य प्रवेशद्वार शंकाराचार्य गेट नजिकै रहेको रामजानकी मन्दिरमा सरसफाई गरेको हो ।
१४ नम्बर गुल्म हेडक्वाटरबाट सशस्त्र प्रहरी बलको ३५ जनाको टोलीले रामजानकी लक्ष्मी नारायण मन्दिर र बिरगंज भन्सार कार्यालयको मुल गेटमा अबस्थित शिब मन्दिर परिसरको सरसफाई गरिएको सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।