सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा निःशुल्क आंखा शिविरको आयोजनामा

4

संतोष रन्जितकार
वीरगंज, ८ माघ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैया र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा निःशुल्क आंखा शिविर सम्पनन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैयाले वीरगंज महानगरपालिका वडा नं. ३ स्थित रहेको एम.ई.एस. सेकेन्ड्री स्कुलमा निःशुल्क आंखा शिविर सम्पन्न गरेको हो । सो शिविर सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र एम.ई.एस. स्कुलका निर्देशक श्री ईमामुदिन अहमदको आतिथ्यमा उक्त स्कुलका छात्र १५३ र छात्रा १४० गरि जम्मा २९३ जनाको आँखा परिक्षण गरिएको थियो भने आंखा चेकजांच गर्दा ३७ जनालाई नजिक तथा टाढको समस्या देखिएको थियो ।
ऊक्त कार्यत्रममा वडा प्रहरी कार्यालय बिर्ता पर्साका प्र.ना.नि. प्रेम बहादुर खत्री, बिरगंज महानगरपालिकाको बोर्ड सदस्य वर्कतुन नेशा, किरण आँखा अस्पतालका सन्तोष यादव सहितको चिकित्सक टोली, सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी खत्री, स्कुलका प्रिन्सिपल महेश डंगोल लगायत शिक्षक–शिक्षिकाहरु उपस्थितीमा रहेको थियो ।