आर डि सि नेपालद्वारा न्यानो कपडा बितरण

25

सत्येन्द्र प्रताप सिंह
रौतहट, १० माघ ।
आर डी सि नेपालद्वारा यमुनामाई गाउँपालिकामा न्यानो कपडा बितरण गरेको छ । आर डि सिको आयोजना तथा इस्लामिक रिलिफ नेपालको सहकार्य र इस्लामिक रिलिफ अमेरिकाको आर्थिक सहयोगमा गरिब तथा असहायहरुलाई यमुनामाई मा वि झुन्खुनवाको प्रा·णमा निःशुल्क न्यानो कपडा बितरण गरिएको थियो । प्राप्त जानकारी अनुसार २ दिने बितरणमा ३ सय ५७ जना गरिब असहायलाई यमुनामाई गापामा जनही ७ हजार मुल्य बराबरको कपडाहरु बितरण गरिएको थियो भने गौर नगरपालिकामा १२९ जना गरिबलाई र राजपुर नगरपालिकामा ६५ अध्यनरत बालबालिकाहरुलाई अत्याधिक जाडो बढेका कारणले न्यानो कपडा बितरण गरिएको आर डि सि का अध्यक्ष पारस हुसेनले बताएका थिए ।