कोअपरेटिभ म्यानेजर्स क्लबको प्रथम साधारण सभा सम्पन्न

34

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
कोअपरेटिभ म्यानेजर्स क्लबको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो साधारणसभा वीरगंजस्थित घडिअर्वा पोखरी नजिकै रहेको गृह लक्ष्मी साकोषको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रम क्लबका अध्यक्ष जिष्णु बरालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय सहकारी विकास बोर्डका शम्भु प्रसाद गुप्ता रहनु भएको थियो । सो साधारण सभाको प्रमुख अतिथि गुप्ताले पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा गुप्ताले बिसकोका अध्यक्ष दिल्ली बिक्रम कार्की र शिवम बचत ऋण सहकारी संस्थाका राजेन्द्र प्रसाद जयसवाललाई खादा लगाई सम्मानित गर्नुको साथै प्रमाण–पत्र समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित रहेका सहकारी संस्थाका पदाधिकारी र संचारकर्मीहरुलाई म्यानेजर्स क्लबका अध्यक्ष बरालले मायाको चिनो प्रदान गरी सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक विवरण आय–व्ययको प्रतिवेदन क्लबका अध्यक्ष बरालले पेश गर्नु भएको थियो ।
कार्यक्रममा नेफस्कुनका संचालक हरेराम पटेल, श्री सभ्य बचत तथा ऋण सहकारी संस्थाका इन्दुका रन्जितकार, राष्ट्रिय सहकारी संघका प्रशन्ना सिंह, गोल्डेन फ्युचर साकोषका दिपक चौधरी, सनराईज नेपाल साकोषका दिपिका श्रेष्ठ, गणपति बचत तथा ऋण सहकारी संस्थाका दिपेन्द्र श्रेष्ठ लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।