पिपरामा बृहत आंखा शिविर सम्पन्न

25

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
लर्ड बुद्ध एजुकेशन फाउन्डेशन चिनिमिल पिपरामा शुक्रबार बृहत् आँखा शिविर सम्पन्न भएको छ । राइनो युवा क्लब पिपरा, लर्ड बुद्ध एजुकेशन फाउन्डेशन र माट्रिका आई फाउन्डेशनको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । वीरगंजका मेयर बिजय कुमार सरवागीले उद्घाटन गर्नुभएको शिविरमा पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, महेशचन्द्र गौतम, बिजय कुसवाहा, समाजवादी पार्टीका नेता शशिकपुर मिया, श्याम गुप्ता, वडा अध्यक्ष भरत कुर्मी लगायतको सहभागिता रहेको थियो ।