बहुदरमाई नगरपालिकामा विद्यार्थी र प्रहरी बीच झडप हुंदा ४ विद्यार्थी घाइते

12

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
बहुदरमाई नगरपालिकामा शुक्रबार विद्यार्थी र प्रहरी बीच झडप भएको छ । श्री महाबिर साह माबी नगरदाहामा पढने विद्यार्थीहरु र प्रहरीबीच झडप भएको हो । सो विद्यालयका विद्यार्थीहरुले विद्यालयमा शिक्षक–शिक्षिका अनुपस्थित भएको कारणले पढाईमा धेरै कठिनाई भइरहेको बताएका थिए ।
सोही सम्बन्धमा विद्यालयमा कार्यरत शिक्षकहरुले २०७६ भदौ देखि हालसम्म तलब भत्ता नपाएकोले अनुपस्थित भएको एक शिक्षकले बताएका थिए । विद्यालयमा बिषयगत शिक्षक तथा नगरपालिकाबाट आएका शिक्षकको तलब निकासा गरिदिनको लागी बिधालयले बहुदरमाई नगरपालिकालाई सिफारिस पत्र दिई विद्यार्थीहरुलाई नगरपालिका जानलाई अनुरोध गरेपछी शुक्रबार सो बिधालयका १५० विद्यार्थीहरु नगरपालिका पुग्दा त्यहा मेयर, उपमेयर र कोहि कर्मचारीहरु नभेटेपछि आक्रोशित बिद्यार्थीहरुले नाराबाजी गर्दै तोडफोड गर्नुका साथै त्यहा रहेका मोटरसाइकल समेतमा आगजनी गरेको एक विद्यार्थीले जानकारी गराएका थिए । आक्रोशित विद्यार्थीहरुले कार्यालयका मोटरसाईकलमा आगो लगाएको थियो भने प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं विद्यार्थी घाईते भएको र घाइते विद्यार्थीलाई नारायणी क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
श्री महाबिर साह मा. बि. नगरदाहाको कक्षा ९ मा पढ्ने वडा न.३ बहुदरमाई नगरपालिकाका घाइते विद्यार्थी सन्जय कुमार तुरहा, कक्षा ७ का सुनिता कुमारी पटेल, कक्षा ९ का अजय साह तुरहा, कक्षा ७ का शेषनाग प्रसाद यादव रहेको र उनिहरुको टाउको र खुट्टामा गहिरो चोट लागेको नारायणी क्षेत्रीय अस्पताल ईमर्जेन्सीका डाक्टर सुशील कुमार साहले जानकारी दिनु भएको थियो ।