बालबालिकामा हुने हिंसा न्युनिकरणका लागि प्रारम्भिक समन्वय बैठक सम्पन्न

19

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
बालबालिकामा हुने हिंसा न्युनिकरणका लागि मनोसामाजिक सहयोग कार्यक्रम अर्न्तगत प्रारम्भिक समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । सो बैठक वीरगञ्ज महानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । कार्यक्रममा युनिसेफ का प्रकाश आचार्य, टि पि ओ नामक संस्थाका पिताम्बर कोइराला र युनिसेफका घनश्याम कँडेलले बालबालिकामा हुने हिँसालाई न्युनिकरण गर्न स्थानिय तह र सरोकारवालाले गर्न सकिने सहयोग र मनोसामाजिक कारणले हुने हिंसाका बारेमा प्रकाश पार्नुभएको थियो । समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष ईब्राहिम देवानको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादब, पोखरीया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, महानगरपालिकाका बिभिन्न शाखाका प्रमुख, कर्मचारी, बालक्लबका पदाधिकारी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।