राष्ट्रिय बाणिज्य बैंकले अनाथालयममा मनायो वार्षिकोत्सव

55

सत्येन्द्र प्रताप सिंह
रौतहट, १० माघ ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सव भब्यताका साथ अनाथालयमा मनाएको छ । नेपाल भारत मैत्री विरागंना फाउण्डेशनद्वारा संचालित नेपाल भारत मैत्री अनाथालयमा आश्रम महिला, बालबालिका, बृद्ध, असहाय, मानव मन्दिर गौरको प्रांगणमा बैंकले ५५ औ बार्षिक उत्सव १२ जना अनाथ बालबालिकाहरुलाई उपहार स्वरुप कम्बल, काँपी, किताब, पेन्सिल तथा खाजा बितरण गरी मनाएको हो । सो कार्यक्रम संस्थाका अध्यक्ष प्रभा सिंहको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाका मेयर अजय गुप्ता रहनु झएका थिए ।
कार्यक्रममा बत्ताको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साहले अनाथ बालवालिकाहरु चारैतिरबाट बञ्चित रहेकाले यसलाई राज्यले हेर्नु पर्ने बताउनु भयो । कार्यक्रममा राजनीतिक बिश्लेषक चिरंजीवी सिंह लगायत बैंक कर्मचारी तथा संचारकर्मी र स्थानीयहरुको सहभागिता रहेको थियो ।