सरकारले स्वदेशी उत्पादनलाई विश्वको बजारमा पुर्‍याउन भ्याट शुल्क निःशुल्क गर्नुपर्छ ः मेयर सरावगी

38

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
वीरगंजमा एक महिना चल्ने प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेला शुरु भएको छ । माघ ९ देखि फागुन ८ सम्म चल्ने मेलामा नेपाल र भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको अवलोकन गराउने आयोजक समितिको लक्ष्य रहेको छ ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले मेलाको उद्घाटन गर्दै यस्तो मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो । उनले सरकारले स्वदेशी उत्पादनलाई विश्वको बजारमा पुर्‍याउन भ्याट शुल्क निःशुल्क गर्नु पर्ने सुझाव दिए । भ्याटको सुविधा दिएपछि स्वदेशी उद्योगले उत्पादन गर्ने उत्पादनको लागत खर्च कम भई विश्व स्तरमा नेपाली ब्रान्ड प्रतिस्पर्धा गर्न सकिने मेयर सरावगीले विश्वास व्यक्त गरे ।

वीरगंज घण्टाघरस्थित मधेसी सहिद पार्कमा लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका समानहरु शुलभ दरमा बिक्री भइरहेका नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपापध्यायले बताए ।
मेलामा १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले जनाएको छ । मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।
स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकाप्चाको उपभोक्ताहरुलाई सस्तो दरमा फूटवेयर अर्थात जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवर्द्धन र संरक्षण गर्न मेलाको उद्देश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।

उद्घाटन समामरोहमा लेदर टेनर एशोसिशनका महासचिव बब्लु अन्सारी, पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, वडा अध्यक्ष द्वय नगिना साह कानु र मनोज गुप्ता लगायतले आ–अफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।