वीरगंज प्रिमियर लिग (बीपिएल) टि २० क्रिकेट प्रतियोगिता शुरु

प्रदेश २ को सरकारले राष्ट्रिय खेलाडीहरुको जागिरको व्यवस्था गर्ने खालको कानून ल्याउनुपर्छ ः सांसद यादव

18

संतोष रन्जितकार
वीरगंज, ११ माघ ।
वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिता शनिबार देखी सुरु भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा आयोजित प्रयोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै पर्सा क्षेत्र नं. १ का सांसद तथा समाजवादी पार्टीका नेता समेत रहेका यादवले खेलाडीहरुलाई प्रोत्साहन गर्नुको साथै प्रदेश २ को सरकारले राष्ट्रिय स्तरका खेलाडीहरुको जागिरको व्यवस्था समेत गर्ने खालको कानून ल्याउनुपर्ने बताएका थिए ।

युनाईटेड क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा वीरगंजका विभिन्न विद्यालयका छात्र/छात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । सो मार्च पासमा जिएचपी प्रथम, साउथजोन द्वितिय र गौतम स्कुल तृतिय भएको थियो ।

सो प्रतियोगितामा विभिन्न विद्यालयका छात्ररछात्राहरुले नृत्य समेत प्रस्तुत गर्नुको साथै गायक अजमत अली र एसएस सोनुले देश भक्ति गीत समेत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ६ वटा क्रिकेट टिम भाग लिएका छन् भने आज वीरगंज स्टार र विसिसी बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको विजेतालाई रु दुई लाख ५० हजार र उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबले जनाएको थियो ।
युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेगम, भिमा यादव, जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अन्सारी, क्रिकेट एशोसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन वीपिएलका प्रवक्ता राजुल हवारीले गरेका थिए भने स्वागत मन्तव्य आयोजक क्लबका सचिव एवं वीपिएलका निर्देशक घनश्याम गुप्ताले गरेका थिए ।