उज्यालो वीरगंजको लागि मन्त्री र मेयरबीच छलफल

11

वीरगन्ज,१३ माघ ।
वीरगन्जमा लागु हुन गइरहेको उज्यालो वीरगन्ज योजनाबारे नगर प्रमुख विजय कुमार सरावगी र उर्जामन्त्री बर्षमान पुन बीच छलफल भएको छ ।
उर्जामन्त्री पुनले नेपालमै पहिलो पटक विरगन्ज महानगरपालिकाले लागु गर्न गइरहेको उज्यालो वीरगन्ज योजना राम्रो भएको प्रशंसा गर्दै सार्वजनिक स्थलहरुमा दिनमा अनावश्यक बत्ती बलिरहने परम्पराको अन्त्य गर्नका लागी राम्रो उदाहरण स्थापित हुने आशा व्यक्त गर्नुभयो । नगर प्रमुख सरावगीको बिशेष पहलमा महानगरपालिकाको ३२ बटै वडामा एकै साथै लागु हुन गइरहेको उज्यालो वीरगन्ज अन्तर्गत नेपाल बिद्युत प्राधिकरणद्वारा गरिने कामलाई उघाउन सोमबार नगर प्रमुख सरावगी र उर्जा मन्त्री बिच छलफल भएको महानगरपालिकाले जनाएको हो ।
महानगरपालिका भित्र नेपाल बिधुत प्राधीकरणको १५ हजार बिधुतको पोलमा पाचौ तार जडान गरी ३०१ सब स्टेशनद्वारा समय अनुसार स्वचालित स्वीचि· सिस्टमलाई नेपाल बिद्युत प्राधिकरणद्वारा छिटो छरितो लागु गराउने बिषय बिच छलफल भएको नगरप्रमुख सरावगीले बताए ।