नेशनल मेडिकल कलेजका एमडी अंसारीको घर अगाडी शंकास्पद बस्तु फेला

14

संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
नेशनल मेडिकल कलेजका एमडी बसरुद्दीन अंसारीको घर अगाडी शंकास्पद बस्तु फेला परेको छ ।
वीरगंज महानगरपालिकाको वडा नं. ८ पानीटंकी स्थित रहेको एमडी अंसारीको घरको मुल गेटमा कालो प्लास्टिकमा राखिएको बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तु फेला परेको ठाउँलाई आर्मीले आफ्नो नियन्त्रणमा लिएर डिस्पोज गरेको थियो । नेकपाका नेता समेत रहेका एमडी अंसारीको घर अगाडी विहान ७ः३० बजेको समयमा उनका परिवारजनहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर गर्ने बित्तिकै नेपाल प्रहरी र आर्मी पुगेर घर अगाडीको सडकमा आवागमनमा समेत रोक लगाएको थियो ।