बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत ७५ थान साईकल बितरण

20

संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा रहेको दिब्य कन्या माबिमा सोमबार एक कार्यक्रमको आयोजना गरी छात्राहरुलाई साईकल बितरण गरिएको छ । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत ७५ थान साईकल बितरण गरिएको समाजवादी पार्टी बिरन्चीवर्वाका नेता जयनारायण पटेलले बताए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सन्त पटेलको अध्यक्षतामा झएको साईकल बितरण कार्यक्रममा कक्षा १०, ११ र १२ का छात्राहरुलाई साईकल बितरण गरिएको थियो । सो कार्यत्रममा प्रधानाध्यापक रामयतन प्रसाद, शिक्षक राहुल साह, तपसी साह, शिक्षिका राजकुमारी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।