गाईको तस्करी र हत्या नरोकिए कडा आन्दोलन गर्ने ः अध्यक्ष पटेल

19

संतोष रन्जितकार
वीरगंज, १४ माघ ।
हिन्दू परिषद नेपालले मंगलबार गाई तस्करी र हत्या गर्ने सम्बन्धमा वीरगंजमा र्‍याली निकालेको छ । हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा निकालिएको र्‍याली घण्टाघर देखी सुरु भई माइस्थान, महाबिर स्थान, अलखियामठ, घडीअर्वा पोखरी हुदै पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पटेलले केहि माफिया र राजनीतिक दलको आडमा देशमा गाईको तस्करी भइरहेको र सो तस्करी नरोकिए देशभरी नै कडाभन्दा कडा किसिमको आन्दोलन गर्ने बताएका थिए । उनले भारतबाट गाई ल्याई नेपालको सिमा हुदै पाकिस्तान, बांग्लादेश, भूटान लगायत अनय देशहरुमा तस्करी भईरहंदा पनि नेपाल सरकारले त्यसलाई नरोकेको कारण कडा आपत्ति जनाएका थिए । नेपालको राष्ट्रिय जनावर गाई नै भएकोले यसको तस्करी गर्नु देशको लागि लज्जास्पद कुरा भएको उनले बताए । अध्यक्ष पटेलले नेपालमा गाईको तस्करी र हत्या गर्ने ब्यक्ति वा समूहलाई कडा कारवाहीको माग समेत गरेका थिए ।

सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह–महासचिव पुरुषोत्तम दुबे, रामराज परिषद नेपालका केन्द्रिय संयोजक धमेन्द्र पटेल, हिन्दू स्वम्सेवक संघका कृष्णा चौरसिया, हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै गाईको तस्करी र हत्या गर्ने जो कोही दोषीलाई पनि कडा कारवाही गर्नुपनेर्मा जोड दिएका थिए ।
सो र्‍यालीमा बिभिन्न क्रियासिल धार्मिक संघ–संगठनका अगुवाहरु, स्थानीयहरु, प्रहरी प्रशासन र संचारकर्मीको सहभागिता रहेको थियो ।