अवैध भारतीय रकम सहित एक भारतीय पक्राउ

11

संतोष रन्जितकार
वीरगंज, १५ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध १२ लाख भारतीय रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सो प्रहरी टोलीले विशेष सूचनाको आधारमा दिउँसो १२ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघरमा भारत जान लागेको सवारीसाधन तथा पैदल याक्रुलाई चेकजाँच गर्ने त्रममा पक्राउ गरेको हो ।
तस्करहरुले नेपालको सिमानाका हुंदै भारतको रक्सौल लग्दै गरेको अवस्थामा स्रोत खुलाउन नसकेको अवैध भारतीय १२ लाख रुपैया सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने हंसराजको छोरा बर्ष ३२ को सुभाष चन्द रहेका छन् । चन्दले बा.६ च.७४४० नं.को सेन्ट्रो कारलाई रिजर्व गरी २ हजारको ६०० थान भारतीय रुपैया लिएर भारत जान लागेका थिए । सो अवैध भारतीय रुपैया, सेन्ट्रो कार तथा पक्राउ परेका सुभाष चन्दलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।