सरस्वती पूजामा अश्लील गीत नबजाऔं ः अध्यक्ष पटेल

19

संतोष रन्जितकार
वीरगंज, १५ माघ ।
हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाउ सबै सरोकरवालासंग अनुरोध गरेको छ ।
वीरगंजमा संचारकर्मीहरुसंगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिद्याको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा अश्लील गीत बजाई आफ्नो सांस्कृतिक बिरासतलाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाउ, किनकी विद्यायलयमा पठ्ने युवा युवतीहरुले नै देशको भविष्य निर्धारण गर्ने भएको बताए ।
पटेलले पूजा बिशेष रुपमा स्कूल, कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ ।
अध्यन गर्ने कलेजमा जे सिकियो त्यसले नै भविष्य निर्धारण गर्ने भएको हुंदा पूजा लाई बदनाम गर्नु भन्दा पूजा सन्देश मुलक हुने कार्य गर्न पटेलले सबै सरोकरवालासंग अनुरोध एवं आग्रह गरेका छन ।