अवैध मदिरा सहित २ पक्राउ र प्रतिबन्धित कुखुरा नष्ट

12

बारा, १६ माघ ।
बाराको मटिअर्वा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले बुधबार अवैध घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ । सो टोलीले बारा कलैया उप–महानगरपालिका वडा नं.१० स्थित सडकमा नेपालबाट भारत तर्फ गईरहेका सवारी तथा पैदल याक्रुलाई चेकजाँच गर्ने त्रममा सो अवैध घरेलु मदिरा बरामद गरेको हो ।
सो अवैध घरेलु मदिरा सहित बारा कलैया उप–महानगरपालिका वडा नं.७ बस्ने वर्ष २८ को धिरज सिंह र सोही ठाउँ बस्ने वर्ष २८ को बिकेन्द्र सुबेदीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सुबेदी र सिंहलाई मदिरा सहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय सिमरा बारा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बाराको बसतपुर प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले कलैया उप–महानगरपालिका वडा नं. २० बसतपुरमा भारतबाट नेपाल ल्याउनको लागि अन्दाजी मुल्य रु. ६ हजार बराबरको १२ वटा तयारी प्रतिबन्धित कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ ।
प्रहरी टोलीले सो फेला परेको कुखुरा पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी, पत्रकारहरु र स्थानीयहरुको रोहवरमा खाल्डोमा पुरी नष्ट गरेका थिए ।