बीपीएसलाई मनकामना र गौतमलाई मुनलाईटले पराजित

34

संतोष रन्जितकार
वीरगन्ज, १६ माघ ।
प्याब्सन पर्साको आयोजनामा भईरहेको प्याब्सन जुनियर फुटबल नकआउट टुर्नामेन्टमा मनकामना मावि र मुनलाईट माविले विजय हासिल गरेका छन् । बिहीबार भएको पहिलो खेल मनकामना मावि र बिपिएस स्कुलबीच प्रतिस्पर्धा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेफछि खेल ट्राई बेक्ररमा धकेलिन गएको थियो । ट्राई बेत्ररमा पनि पुनः १–१ गोलको बराबरी भएपछि सडन डेथमा मनकामना मावि विजय भएको हो ।

यसैबीच बिहीबार नै मुनलाईट मावि र गौतम माविबीच भएको दोस्रो खेलमा शुन्यका विरुद्ध दुईगोल गर्दै मुनलाईट मावि विजयी भएको थियो । शुक्रबार फाइनल म्याच मुनलाईट र मनकामना माविबीच हुने आयोजकले जनाएको छ ।