सहिद दिवसको अवसरमा मल्ल र अमात्यको शालिकमा माल्यार्पण

17

वीरगंज, १६ माघ ।
स्व. गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बिहिबार वीरगंजको नारायणी अस्पतालमा रहेको थ्रीबम मल्लको शालिक र गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा फुलमाला अर्पण गरी शहिद दिवस मनाएको छ । फाउण्डेशनका अध्यक्ष महम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद राजेन्द्र बहादुर आमात्यले शहिद दिवस नेपाली काँग्रेसले मनाउनु पर्नेमा फाउण्डेशनले मनाउनु परेको दुःखेशो पोख्दै पर्सा कांग्रेसले सहिदलाई बिर्सेको बताउनु भएको थियो । उहाँले नेपाली कांग्रेसको नेतृत्व भएको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुलाई अरुले बिर्से पनि नेपाली कांग्रेसले बिर्सन नहुने भन्नु भयो । कार्यक्रममा फाउण्डेशनको पदाधिकारीका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।