चार वर्षिया अवोध बालिकाको बलात्कार

14

सत्येन्द्र प्रताप सिंह
रौतहट, १७ माघ ।
रौतहटको सदरमुकाम गौर नगरपालिकामा एक ४ वर्षिया अवोध बालिका बलात्कृत भएकी छिन् । गौर १ मा ५४ वर्षिय राम किशोर मिश्रले छिमेकी ४ वर्षिया बालिकालाई बोलाएर चकलेटको प्रलोभन दिई बलात्कार गरेका हुन् ।
बिहीबार राति ८ बजेको समयमा घरमा कोही नभएको मौका छोप्दै बालिकालाई चकलेट खानका लागि १० रुपैयाँ दिएर बारीमा लगेर मिश्रले बलात्कार गरेका थिए । रगत पच्छे भएर घर पुगेकी बालिका पिडाबाट छटपटाई रहँदा अबोध बालिकाको ठूली आमाले सोधपुछ गर्दा मिश्राले बारीमा लगेर बलात्कार गरेको थाहा भएको हो । सो कुरा थाहा पाउने बितिकै आफन्तहरुले दोषीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको स्थानीय राजु पासवानले बताए ।
धनुषा जिल्ला घर भई हाल गौर नपा १ स्थित साइकल मर्मतको पसल थापेका मिश्रलाई बालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी नविन कार्कीले बताएका छन् । पीडित अबोध बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था समान्य रहेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्णा साहले बताए ।
भारत बिहार सितामढी जिल्ला बैरगनिया सेखौना बस्ने पीडितको आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउनको लागी आएको बखत बालिकालाई गौर १ स्थित आफन्त ठूली आमाको घरमा राखेको बखत उक्त घटना घटन गएको हो । मिश्राले घरबाट ५० मिटर पर रहेको बारीमा बालिकालाई बलात्कार गरेको स्थानबाट १० रुपैयाँसहितका अन्य प्रमाणहरु फेला परेर घटना बारे गहन रुपमा अनुन्धान भइरहेको डिएसपी कार्कीले बताए ।