जीपी फाउण्डेशनद्वारा प्रथम प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना गरिने

13

संतोष रन्जितकार
वीरगंज, १७ माघ ।
वीरगञ्जमा प्रदेश नम्बर २ को प्रथम प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिता हुन गइरहेको छ । जिपी कोइराला फाउण्डेसन वीरगंजले यही माघ १८ गते शनिबारदेखि २५ गतेसम्म आदर्शनगर रंगशालामा फुटबल प्रतियोगिता आयोजना गर्ने लागेको हो ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेसनले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थापना भएको जिपी फाउण्डेशनले प्रतियोगिताको आयोजना गर्न लागेको फाउण्डेसनका अध्यक्ष मोहमद सहाबुद्दिनले जानकारी दिएका थिए ।
स्वास्थयको लागि खेलकुद र समृद्ध राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रदेश २ को ८ वटै जिल्लाका फुटबल टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिने टिमहरुलाई २ समूहमा बिभाजन गरिएको सम्मेलनमा जनाइएको थियो ।
समूह ॅक’ मा पर्सा, बारा, धनुषा र सिराहासहित ४ वटा टिमहरु रहेका छन् भने समूह ॅख’ मा रौतहट, सर्लाही, महोत्तरी र सप्तरी रहेका छन् । प्रतियोगिताको बिजेता टिमले एक लाख ५१ हजार र उप विजेताले मेडल सहित ७५ हजार नगद प्रदान गरिने फाउण्डेशनले जनाएको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, स्ट्राईकर, प्लेयर अफ द टुर्नामेन्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने ब्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतियोगताको उदघाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गर्नेछन् भने समापन समारेहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लाालबाबु राउत गद्दीको उपस्थिती हुने आयोजन संस्थाले जनाएको थियो ।
प्रतियोगिताको उदघाटन खेलमा पर्सा जिल्ला फुटबल संघ र धनुषा जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने जिपी फाउण्डेशनले सम्मेलनमा जानकारी दिएको थियो ।