जिल्ला कृषि सहकारी संघ पर्साको आठौं साधारण सभा सम्पन्न

प्रदेश २ मा चुरे संरक्षण गर्न आवश्यक ः सभासद साह

40

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
जिल्ला कृषि सहकारी संघ लि. पर्साको आठौं बार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन प्रदेश सभासद राजेशवर प्रसाद साहले गर्नु भएको थियो ।
सभाको उद्घाटन गर्दै सभासद साहले प्रदेश २ मा चुरे संरक्षण जरुरी रहेको तथा चुरे संरक्षण नभए आउने सन्ततीलाई समस्या हुने बताउनु भयो ।
किसानको समस्या नबुझेसम्म प्रदेश समृद्ध नहुने बताउदै सभासद साहले किसानको समस्या समाधान नहुनुमा संघ र प्रदेश दुबै सरकार दोषी रहेको आरोप समेत लागउनु भएको भयो । उनले चिनिमिलहरुले किसानको पैसा नदिनुमा सरकार पनि दोषी रहेको छ भन्दै संघीय सरकारले मिलहरुलाई दिनु पर्ने १३ प्रतिशत रिफन्डि· भ्याटको पैसा नदिएका कारण दोषी रहेको बताउनु भयो ।
कृषी सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बोर्ड सदस्य शम्भु गुप्ता, जिल्ला बचत सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, कोपरेटीभ मनेजर क्लब पर्साका अध्यक्ष जिस्नु बराल, समाजिक अभियान्ता प्रकाश थारु, युवा साना व्यवसाय रोजगारी कोषको संयोजक सुनिल रौनियार लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रम सिद्धनाथ कृषि सहकारी संस्थाका सचिव मनोज यादवले संचालन गरेका थिए भने स्वागत मन्तव्य जिल्ला कृषि सहरकारी संघका महासचिव जगदिश यादव र प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजकले गर्नु भएको थियो ।