मुक्तिनाथ बिकास बैंकको वीरगंज शाखामा आगलागी

75

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
मुक्तिनाथ बिकास बैंकको वीरगंज शाखामा गाएराति आगलागी भएको छ । वीरगंज लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखा कार्यालयमा शुक्रबार राती ११ बजे आगलागी भएको हो ।
आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सोफासेट, ४ थान एसी, फर्निचर लगायतका समान र कागजपत्र जलेर नष्ट भएको बैंकका एक कर्मचारीले बताए । तर बैंकमा रहेको रकम भने सुरक्षित तथा रकममा केही क्षति नभएको बताएका थिए ।
आगलगीबाट २० लाख जतिको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
वीरगंज महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा अबेर राती आगो नियन्त्रणमा आएको एक प्रहरीदले जानकारी दिए ।