साउथजोन माध्यमिक बिधालयको ११ औ वाषिर्कोत्सव सम्पन्न

14

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माध्यमिक बिधालयको ११ औ वाषिर्कोत्सव शनिबार भब्य रुपमा मनाइएको छ । सो कार्यक्रम साउथजोन माध्यमिक बिधालयलका सल्लाहकार सुरेश मुडवारीको सभापतित्व भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति महम्मदले यस विद्यालयले कम समयमा धेरै प्रगति गरेकोमा बधाई एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले यस विद्यालयले उत्कृष्ट शिक्षाको साथै अन्य कृयाकलपमा समेत निकै ध्यान पुर्‍याएको तथा आगामी दिनहरुमा पनि यस्तै रहिरहन आग्रह गर्नु भएको थियो ।
सो कार्यक्रममा बिद्यालयले साउथजोन आइडल र पुस्तक समेत बिमोचन गरेको थियो ।
यसैबीच सो बिद्यालयमा अध्ययनरत उत्कृष्ट अङक ल्याएका विधार्थीहरु र विभिन्न गतिविधिमा बिजेता भएको बिधार्थीहरु तथा अभिभावकहरुलाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य जगत राई, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशकर साह, प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, वडा अध्यक्ष तुफान अन्सारी, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ, अभिभावक संघका अध्यक्ष अमर गौतम, सामाजिक अभियानता प्रकाश थारू लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन सहायक प्रिन्सिपल अशोक सँग्रौलाले गर्नु भएको थियो ।